च्यातिएका डायरीमा तिम्रो नाम किन पाउँथे र ?
मेटिएका सायरीमा तिम्रो नाम किन आउँथे र ?
तिम्लाई भुल्ने बाहानामा पिउने बानी भयो
तिम्रो सम्झनामा एक्लै जिउने बानी भयो
च्यातिएका डायरीमा तिम्रो नाम किन पाउँथे र ?
मेटिएका सायरीमा म माया किन भेटाउँथे र ?
आँशु दिने निष्ठुरीलाई कहिल्यै रुन नपरोस
सधैँ खुशी रहनु तिमी कहिल्यै आँशु नझरोस
च्यातिएका डायरीमा तिम्रो नाम किन पाउँथे र ?
मेटिएका सायरीमा म माया किन भेटाउँथे र ?
थियो तिम्रो रुमाल चिनो रुदा आँशु पुछिदिने
त्यही एउटा फोटो थियो मेरा आँशु बुझिदिने
च्यातिएका डायरीमा तिम्रो नाम किन पाउँथे र ?
मेटिएका सायरीमा तिम्रो नाम किन आउँथे र ?
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा