Skip to content

चोट देऊ यो मुटुमा

MausamBhusal


चोट देऊ यो मुटुमा ठाउँ अँझै बाँकी छ
तिम्रै हातले लेखिएको नाउ अँझै बाँकी छ ।

निस्फिक्री खेले हुन्छ खुशी छु म पराजय मै
तिम्रो पक्षको आखिरी एक दाउ अँझै बाँकी छ ।

तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ
घरी-घरी बल्झी रहने घाउ अँझै बाँकी छ ।

अप्सरा झैं सिंगारिएर केको उत्सव मनायौ हिजो
सप्तरंगी सिउँदोभरि फाउ अँझै बाँकी छ ।

जले सबै सपनाहरू उराठ भयो जिन्दगी
अफसोच यी आँशुको तलाउ अँझै बाँकी छ ।

1 thought on “चोट देऊ यो मुटुमा”

  1. Zundagi
    ये ना पूछ कि शिकायतें कितनी है तुझसे​;​
    ए जिंदगी, सिर्फ ये बता कि तेरा कोई और​;​​
    ​ सितम बाकि तो नहीं है।​

Leave a Reply

Your email address will not be published. Required fields are marked *