तिम्रो र मेरो नजर जुधेको
खै कस्तो त्यों पल थियो
तिमीले लाएको माया प्रिती
जिन्दगीको पहिलो छल थियो
अल्झिएको जिन्दगी को बुझ्न नसकिने
नाता अली कमसल थियो
न आफै सुल्झाउन सके
न त कुनै हल थियो
तिमीले लाएको माया प्रिती
जिन्दगी को पहिलो छल थियो
तिम्लाई सम्झी सम्झी लेखेको
धेरै मेरो गजल थियो
तिमीले खेल्योउ कसरी खै
मेरो त असल थियो
तिमीले लाएको माया प्रिती
जिन्दगी को पहिलो छल थियो
तिम्रो लागी रोये पनि
आखा मा आशु को भल थियो
जानी जानी गर्योउ की
अरु कसै को नक्कल थियो
तिमीले लाएको माया प्रिती
जिन्दगी को पहिलो छल थियो
दोष दिन्न तिमीलाई भैगो
माया मेरो अटल थियो
गरे होला गल्ती धेरै जिंदगीमा
सयाद तेसै को फ़ो फल थियो
तिमीले लाएको माया प्रिती
जिन्दगी को पहिलो छल थियो
