Skip to content


आमा तिमीलाई सम्झँदा
नयनमा मोती टल्पलाउँछ
गाँठो पर्छ मुटुमा भक्कानीएर
लर्बराउछ पाइला धर्तिमा
हुकायौ बढायौ सहेर हजार चोटहरु
अनिदो छटपटीका रातहरु अनि भोकहरु
प्यासका पलपल घुट्कोहरु बिसे्रर
भ्ाबिष्यको मिठो सपना बुनेर
तातेताते हिडन सिकायौ
चिन्ताले फाटेको मन सिँउदै
अशिक्षाको डोको बेाकेरै भए पिन
सीसाकलम समाउन सीकायौ
बाह्खरी लेख्न सीकायौ
तिमा्रे श्पर्श कति पबित्र
पौडिरहँे आँचल भित्र
कोरीरहन्थे सुनौलो सचित्र
भत्काउन दुखको पहाड
निस्कीएँ आगनबाट दिनदहाड
अग्लामहल र कारहरुको कोलाहल छिचोलेर
भावनमा डुबिरहे एकैछिन
कल्पनामा टोलाइरहेँ सम्झेर तिमा्रे काख
तर भुलिरहेँ शहरको रमझममा
नशामा उम्लीयो तिम्रो याद
झस्कीए तसर्िएँ आफनै छायाँ देखेर
भुलिसकेछु तिमा्रे माया
बिसर्ीसकेछु तिम्रो छाँया
फोन गर्छु हरपल साथीलाई
एक घन्टी पनि बज्दैन तिमीलाई
जन्मायौ किन यस्तो सन्तानलाई!
यो ब्यस्तताको कुहिरो भित्र
सबैबाट तिरस्कृत भएछुँ
अपमानको पगरी गुथेछुँ
मानवता हराएको नगरीमा एक्लोभ्ाएछुँ
निसास्सीदो यो यात्रामा
पोलिरह्यो तिम्रो ममताले
बाटो भुल्ने छैन पाइला लर्रबराए पिन
बिस्रने छैन आफना लक्ष्यहरुलाई
पखाल्ने छु मेरा पापहरुलाई
रिन तिर्नेछु आमा तिम्रो चोखो स्नेहको
सुयोग्य सन्तान भएर फकि्रनेछु
तिम्रै पाउमा पुजा गर्नेछु
आमा तिम्रेै सेवा गर्नेछु

सुनिता गिरी हङकङ

4 thoughts on “आमा”

  1. सुनिता जी
    ममतामयी

    सुनिता जी
    ममतामयी आमा को वियोगान्त कविता पस्किएर आमा को मृत्यु कोखबर परदेश मा सुनेर थाहा पाउने म जस्ता अभागी छोरा हरुलाइ आमा सम्झेर एक पटक रुवाउन सफल हुनुभएको मा यहाँ लाई धन्यवाद आगामी दिन मा पनि साहित्यिक खुराक पस्किदै गर्नुहुनेछ धन्यवाद

    विमल गौतम
    मोरंग
    हाल साउदी अरेबिया

Leave a Reply to akshaya Cancel reply

Your email address will not be published. Required fields are marked *