आँखाबाट भाका बुझी मुटुसम्म गएँ हजुर
परेलीमा बास खोज्दा एक्लो यात्री भएँ हजुर
भोटे ताल्चा मारेकी’थ्यौ सुकोमल दुई ओठमा
निरुद्देश्य भौंतारिएँ व्यथित भई आफ्नै चोटमा
पराइले फूल टिप्यो आज मेरै घरमा आई
मलिन भई हेरिराखेँ म पीडितपीडित भई
आफ्नो बेथा सहरमा कसलाई पो भनौँ अब ?
आँसु बोक्ने परेलीलाई कसोगरी छेकौँ अब ?
भाकापत्र मिलाउँदा साक्षी बन्ने मान्छे पाइनँ
आँखाबाट स्वागत् मिल्यो मुटुसम्म पुग्नै पाइनँ
(रचनाः २०६५ पुस २५)
