Skip to content

जन्मेपछि मर्नु पनि ठूलो कुरा रैछ


जन्मेपछि मर्नु पनि ठूलो कुरा रैछ
फुलेपछि झर्नु पनि ठूलो कुरा रैछ

जिन्दगीको गोरेटोमा हिड्डै जाँदा खेरी
खोल्सा खोल्सी तर्नु पनि ठूलो कुरा रैछ

बाँचुन्जेली आँसुहरू लुकाएर सधैं
हाँसो खुशी छर्नु पनि ठूलो कुरा रैछ

चोखो प्रीत सँगालेर सधैं दोबाटोमा
एक्लै यात्रा गर्नु पनि ठूलो कुरा रैछ

बिहानीको रातो घाम्ले सारा उज्यालेर
डुबि रात पर्नु पनि ठूलो कुरा रैछ

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *