१.गजल
-नेत्र अविरल
देश जलाएर आगो ताप्ने हरु
माटो बेची सिमाना नाप्ने हरु
हिजो त्यही देशको बिरुद्धमा
आज फैलाउदै हात थाप्ने हरु
आफ्नै बारेमा नानाथरी लेखि
अखबर बनाएर त्यो छाप्ने हरु
यहा धेरै छन् थिचो मिचो गर्दै
ठुलो भन्दै सानालाई दाप्ने हरु
साध मिची यहा धेरै छन् आठो
मेरो भन्दै आफूतिर गाप्ने हरु
,,,,,,,,,,,,,,,,////////,,,,,,,,,,,,,,,,,,
२.
गजल
कति कुरे तिमि आउने बाटो हरु
छोएर नि देउरालीको माटो हरु
एक्लै तड्पी रा छु छट्पटीदै म
सम्हालेर प्रतिक्षाको पाटो हरु
सम्झनाले पल पल साध मिचिदा
सारी रहे मनको आज आठो हरु
बल्झि रहदा घाउहरु तिम्रो यादमा
भरी रा छु मेरो दिलको खाटो हरु
युद्ध सकिए नि अझै पनि भेटिन्छन्
नमेटिएका ति रगतका टाटो हरु
///////////////////२////////////////////
३..
गजल
किन बेच हुने बजार भो रत्नपार्क
इज्जत बेच्ने हजार भो रत्नपार्क
राजधानीको मुटु भन्छन् सबैले
अचेल यौन ब्यापार भो रत्नपार्क
जवानीमा थकाइ मार्दै बैशक ति
प्यास मेट्ने आधार भो रत्नपार्क
जताततै देखाएर देशको पहिचान
चिनाउन लाइ दोधार भो रत्नपार्क
सय,हजारमा,अस्तित्व बेची नारीको
आफु आफैमा गद्दार भो रत्नपार्क
ताप्लेजुङ=खोक्लिङ्
हाल=बहराइन
