रक्सीको कथा व्यथा
मैले रक्सी पिउन छोडे
पत्यार लाग्दैन भने
भट्टी र होटलहरूमा सोधी हेर
अँझै पत्यार लाग्दैन भने
आऊ ममा खोजी हेर ।
हो म पिउँथे
साँझ विहान दिनरात नभनी पिउँथे
लाग्छ त्यही रक्सीले जिउँथे
चाँडपर्व उत्सव मेला
जात्रामात्रामा पिउँथे
बेहोश हुने गरी पिउँथे
दङदङीले मात्र २।४ दिन रन्थनिन्थे
सोच्नुस् त कति पिउँथे ।
मलाई थाहा थियो
यो स्वास्थ्यका लागि हानीकारक छ
यो जीवन जिन्दगीका लागि नै खराब छ
तैपनि पिउँथे
अरुलाई पनि पिलाउँथे
कत्तीले सम्झाए रक्सी न पि भनेर
गाली गरे कत्तीले किन पिउछस् भनेर
म सोच्थें ठीकै भन्यो
अब देखि पिउँदिन भन्थें
पिउँदिन थें पनि
तर फेरि उही
म मात्तिन्थें, जँड्याहा नै बनें।
तर आज मैल छाडे
लाग्छ जिन्दगीलाई सही मार्गतर्फ मोडे
विगत सम्झदा अँझै मात लाग्छ
त्यो नशा अँझै छ
त्यो गन्ध बाँकी छ
त्यस्को असर कसर छातीमा छ
साथमा खोकी छ
दीर्घ रोग छ
कति स्वस्थ सवल थिए
आज यस्तो दूर्वल भए
हो मैले खुव पिए
जिन्दगीलाई छोट्याएछु
अस्तित्वलाई होच्याएछु
धिक्कार रक्सी
तँलाई मैले छोडेँ
जिन्दगी जीउन तर्फ मोडेँ ।

so nice sir…
so nice sir…