२००७ कात्तिक २० गते बिहान शीतल निवास पस् ने विचारले श्री ५ त्रिभुवन ठूलो पहेँलो मोटरमा एक्लै सवारी भएको थियो । यसबारे कसैले थाहा पाएका थिएनन् । मौसुफको सोच पनि भारतीय दूतावासमै पस् ने थियो । त्यहीँ रहेका हामीले मौसुफ त्यहाँ एक्लै सवारी हुनु राम्रो हुँदैन, परविारसहित सवारी हुनुपर्छ भनेर अनुरोध गर्यौँ । सोही आग्रहबमोजिम कात्तिक २१ गते नागार्जुनमा सपरविार वनभोज र सिकार गर्ने निहुँ पारेर प्रधानमन्त्रीको अनुमतिका लागि मौसुफबाट खबर भएछ । त्यस दिन एकादशी परेको थियो । राणाको दिमागमा केही घुसेन । मौसुफ बिहानै पौने ८ बजे सपरविार नागार्जुन होइन, शीतल निवासस् िथत भारतीय राजदूतको निवासमा सवारी भयो । सम्झनुपर्ने कुरा के छ भने त्यसबेला भारतीय राजदूताबास शीतल निवासमा थियो ।
त्यसपछि प्रधानमन्त्री मोहनशमशेरबाट मौसुफलाई र्फकन तारन्तार आग्रह भयो । तर, मौसुफहरू र्फकन तयार होइबक्सेन । अन्त्यमा अर्जुनशमशेर -राजाका भानिज) र विजयशमशेर -मोहनशमशेरका छोरा) शीतल निवास आए । उनीहरूमार्फत मोहनशमशेरले सकारात्मक कुराको अपेक्षा गरेका थिए । तर, राजदूत चन्द्रेश्वरप्रसाद सिंहले उनीहरूलाई ४५ मिनेट कुरा गरेर फर्काइदिए । त्यसपछि राणाहरूले शीतल निवास जाने खानेपानीका पाइप काट् नेसम्मको काम गरे । म पनि शीतल निवासभित्रै थिएँ । सबै बन्दोबस् त मिलाएँ भनेको त ओढ्नेको जोहो गर्न बिर्सेछु । राती बल्लतल्ल इन्द्रभक्त श्रेष्ठ र शिवप्रसाद रौनियारसँग मिलेर ओढ्ने किनेर शीतल निवास पुर्याएँ ।
कात्तिक २४ गते लक्ष्मीपूजाको दिन थियो । घर-घरमा बत्ती बले पनि कसैको मन उज्यालो थिएन । कात्तिक २६ गते भाइटीकाको चाडमा पनि उल्लास र उमंग थिएन । बिहान ९ बजे नै भारतीय वायु सेनाका दुइटा हवाईजहाज दिल्लीबाट काठमाडौँको सानो गौचरनमा उत्रिसकेका थिए । मौसुफको दिल्ली यात्राका लागि विमानस् थल जाने बाटोमा आठवटा गाडी पंक्तिबद्घ थिए । लहरै पाँचवटा गाडीमध्ये पहिलो जीपमा आठपहरयिा थिए । दोस्रोमा भारतीय राजदूतको तीरंगा झन्डा फर्फराइरहेको थियो । त्यही गाडीको पछिल्लो सिटको माझमा श्री ५ त्रिभुवन राज होइबक्सेको थियो । एउटा गाडीमा राजदूतका निजी सचिव एसके सिन्हा र म थियौँ ।
राष्ट्रपिता श्री ५ त्रिभुवनसँग मेरो साह्रै निकटको सम्बन्ध थियो । समयक्रममा म उहाँको विश्वासपात्र र पि्रय व्यक्ति पनि हुन पुगेँ । यसरी नै मौसुफको सेवामा मैले हजारौँ दिन बिताएँ ।
म राजनीतिक व्यक्ति भएकाले त्रिभुवनको नजिक भएको भने होइन । विसं १९३३ सालतिर मेरा पिताजीले इन्द्रचोकमा मिठाई दुकान खोल्नुभएको थियो रे ! रे किनभने त्यसबेला म जन्मेकै थिइनँ । त्यतिखेर सातवटा कबलको वाषिर्क भाडा सात रुपियाँ थियो रे ! त्यहीँ दुकानबाट मिठाई बिक्री हुन्थ्यो र दरबारमा पनि जान्थ्यो । मेरा पिताजी श्री ५ महाराजाधिराज र राणा प्राइम मिनिस् टर चन्द्रशमशेरको हलुवाई हुनुहुन्थ्यो ।
श्री ५ त्रिभुवनसँग मेरो सम्पर्कको श्रीगणेश मिठाई पुर्याउन जाँदा नै भएको थियो । ‘महाराजजीको दुकान’का नामले प्रसिद्ध त्यस पसलले श्री ५ र श्री ३ सरकारका सबै दरबारमा मिठाई आपूर्ति गथ्र्यो । म पनि पिताजीका साथ मिठाई पुर्याउन कहिले सिंहदरबार त कहिले विशालनगर दरबार, कहिले लक्ष्मी निवास त कहिले बबरमहल पुगिरहन्थेँ । तर, श्री ५ सँग प्रत्यक्ष कुराकानी भने २००१ सालको हिउँदमा तराईमा सिकारका लागि सवारी भएका बेला भयो । त्यसपछि त बरोबर हुन थाल्यो ।
राजा त्रिभुवन कात्तिक २६ गते दिल्ली प्रस् थान गर्दा मैले नै माला पहिर्याइदिएको थिएँ । र, स् वदेश फिर्ती हुँदा फागुन ४ गते पनि मैले नै माला लगाइदिन पाउनु गर्वको विषय हो जस् तो लाग्छ । दिल्लीबाट फिर्ती सवारी हुनुभन्दा अगाडि मौसुफका कोठाहरू जाँच्नु भनी खबर आएको थियो । त्यसबेला काजी पुष्पराज, पशुपतिभक्त, दूतावासका सिन्हा, कर्णेल कटोज र म नारायणहिटी दरबार गई श्री ५ त्रिभुवन र श्री ५ महेन्द्रका सबै कोठा र बंगलासमेत एक-एक गरी हेर्ने काम गर्यौँ । त्यहाँ श्री ५ का केही कागतपत्र छरएिका थिए । श्री ५ महेन्द्रको सेफ तोडिएको थियो । दुई घन्टापछि हामी नारायणहिटीबाट फर्किएका थियौँ ।
फागुन ४ गते जताततै उज्यालो थियो । राजधानीका सम्पूर्ण जनता आफ्ना प्यारा राजाको दर्शन गरी आँखा शीतल पार्न विमानस् थल ओइरएिका थिए । मैले मौसुफ दिल्ली प्रस् थान गर्दा ‘त्यो दिन आउनेछ, सरकार !’ बिन्ती चढाएको थिएँ । तर, त्यो दिन यति छिटो आउँछ भन्ने मैले सोचेको थिइनँ । फागुन ७ गतेको बिहान साधारण बिहान थिएन । यो नेपालको इतिहासमा अपूर्व ज्योति बोकेको बिहानी थियो । यही दिन मौसुफबाट शाही घोषणा भयो, जसबाट देशमा प्रजातन्त्र स् थापना भयो ।
मौसुफलाई साथ र सहयोग पुर्याउनेमा जर्मनीमा जन्मिएकी लन्डनबासी एरकिा ल्युस् टागको पनि विशेष भूमिका थियो । त्रिभुवनसँग उनले दरबारको बगैँचामा गरेको कुराकानी विशेष स् मरणीय मानिन्छ । मौसुफले उनीसँग आफ्ना चिट्ठीहरू खोलिने गरेको गुनासो गरबिक्सेको थियो । एरकिालाई त्यहीँ नै मौसुफबाट नेहरूको चिट्ठी पाएपछि आफूलाई लेख्न हुकुम भएको थियो, सांकेतिक भाषामा । मौसुफबाट राणालाई सर्प, नेहरूलाई डाक्टर, राजदूतलाई चरा र चिट्ठीलाई फूलको प्रतीक मान्दै पत्र लेख्न एरकिालाई अनुरोध भएको थियो ।
यस प्रसंगमा मेरो आफ्नो कुरा पनि छ । मिठाईको तल चिट्ठी राखेर पुर्याउने काम मेरो थियो । त्यसको उत्तरमा मौसुफबाट ‘मीठो लाग्यो, ल्याउँदै गर्नू’ हुकुम हुन्थ्यो । ‘नमिठो रहेछ’ भन्ने उत्तर आउँदा प्रतिकूल परििस् थति बुझ् नुपथ्र्यो ।
