Skip to content

मर्नु पार्यौ

  • by


मर्नु पार्यौ कान्छी तिमीले
माया गरेर
दिनभरि कुरायौ
आएर सपनामा कुतकुती लगायौ
उज्यालो नहुँदै कता हरायौ
मर्नु पार्यौ कान्छी तिमीले

दिनभरि कुद्छ्यौ यता र उति
आँखा झिम्काउँदै
जब पर्छ्यौ एक्लै साँझमा
एस एम गरेर हैरान बनायौ
भोक र निन्द्रा भगाई मेरो
दुनियाँ हँसायौ
मर्नु पार्यौ कान्छी तिमीले

चुलबुले तिम्रो बानी
कोइली जस्तो बोली
हरिण जस्तो जिउडाल तिम्रो
सबलाई लोभ्याउदै हिंड्ने बानी
तिम्रै याद मा बिहानै
भट्टी पुग्ने मलाई बनायौ
मर्नु पार्यौ कान्छी तिमीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *