Skip to content


हृदय बिच गुरुको फेरी विश्वनाथलाई ढोगी ।
अनि पछि पृथ्वीमा गण्डकी काली देखी ।।
कसो गरी पृथ्वीमा आएका हुन् भनेर ।
मन मन पहिले फेरी यो विचार गरेर ।।

गोलोकमा पहिले थिईन् ती तुलसी नामकी त एक गोपिनी ।
राधाकृष्ण जी की थिईन् अति प्रिया सारा तिनै गोपिनी ।।
कामाशक्त भएर कृष्ण नजिकै बस्दा उसै बिचमाहाँ ।
राधाको जब दृष्टी पात हुन गयो रिसले सरापिन् ताहाँ ।।

मनिसको जुनिमा गएर तिमीले भारत बिषे बास गरे ।
यस्तो श्राप जब पाईथिन् उसबखत डरले त काँपिन् अरे ।।
उनका पाउमहाँ गिरीन् अनि ताहाँ श्री कृष्ण जी ले पनि ।
केहि काल बिताई मर्त्य बिचमा गोलोक आउली भनि ।।

यस्तो वाणी सुनेर झट् ती तुलसी श्री धर्म ध्वज वंशमा ।
गर्वैमा छबिका गइन् उस बखत दक्षै श्रावणीका कुलमा ।।
जन्मै लिइन् है तुलसा बिहिन् भै ।
तुलसा नहुँदा तुलसी भईन् है ।।

गन्धै मादनमा गएर तुलसी तप गर्न लाग्दी भईन् ।
लाख वर्षै जब त्यो पुग्यो तब उनी अत्यन्त दुब्ली भईन् ।।
ब्रह्माको जब दृष्टी पात हुन गयो तपस्विनीमा जब ।
आज्ञा भो गई झट् ताहाँ ती बिधिले के माग्छौ लौ वर अब ।।

ब्रह्माको जब वाक्य पाउँदि भईन् ती राजा कन्या जब ।
भन्छीन् ती बिधिलाई त्यस बखतमा मनमा बिचारी सब ।।
आज्ञा यो पहिले मलाई हरीले गर्नु भयाको थियो ।
मेरै अंशपति हुन्या छ भनि त्यो भन्नु भयाको पुगोस् ।।

श्रापको मोक्ष गराउन कन यहाँ भेजनु भयाको पनि ।
त्यही पुर्ण गराई बक्सनुहोस् भन्दै ती मौनै बनिन् ।।
ब्रह्माले सब त्यो बिचार गरी सबै यो भन्न लाग्नु भयो ।
गोलोकमा पहिले भएको त्यो कथा पार्षद श्रीदामा थियो ।।

राधालाई कुदृष्टीले गरी त्यहाँ हेरी रहेको थियो ।
राधाको जब दृश्टीपात हुन गयो श्रापै दिनु पो भयो ।।
दानवका कुलमा गएर तैँ ले जन्मै लिएस् लौ अब ।
प्यारो पार्षदलाई पो हुन गयो संकस्ट ठुलो सब ।।

श्राप पाएर रुँदै ताहाँ उस बखत श्री कृष्णको पाउमा ।
पश्री बिन्ती गरेर दु खीत भई पर्दो भयो पाउमा ।।
कहिले पार गर्नुहुन्छ मकनै राजा जी को हरी ।
यस्तो दुखी हुँदै रुँदै बस्यो पक्रेर पाउ धरी ।।

यस्तो बिन्ती गरेर त्यस बखतमा रुँदै भयो धरधर ।
भक्तै माथि दया गरी कन ताहाँ भन्नुस् गोवर्धन् धर ।।
आधा क्षण भरी ता गईत बस्नु केहि नमानि डर ।
आधा क्षण पछि ता बुझ तिमी पुग्छन ती मन्वन्तर ।।

यो आज्ञा हरीको सुनेर बहुतै खुसी भयो गोप त्यो ।
जन्मै त्यो दनुवंशमा लिन गयो आज्ञा सिरोपर्छ त्यो ।।
शंखचुर्ण भनेर नाम हुन गयो त्यो दानवैको स्थिर ।
भारतैमा लिई जन्म तप गर्नलाई गएछ बद्रीतीर ।।

ब्रहमाले सब त्यो बिचार गरी सकि भन्छन् ति कन्या कन ।
हे बाले अहिले म भन्छु सुन लौ त्यो बात होला जुन ।।
शंखै चुर्ण भनेर नाम त्यो दनुज एक आएर भेट्ला पनि ।
सेवा गर्नु उसै बखत ती दनुजको अंशै हरीको भनि ।।

ब्रह्माको जब त्यो बचन सुनी सकि ती राज कन्या पनि ।
कहिले भेट्छु शंङख चुर्ण कन भनि मनमा बिचारी पनि ।।
दानबले पनि ता तिनै भुवनमा हलचल मच्चाई दियो ।
द्यौतालाई हटाई स्वर्ग पुरीमा राजगर्न लाग्दो भयो ।।

गन्धैमादन मा गई त्यो दनुज घुम्दो भयो सब तिर ।
भेट्यो गई तुलसी पनि उस बखत मोहित भयो आखिर ।।
ब्रह्माको बरको प्रभाव पर्न गई मोहित भईन् ती पनि ।
दानबले पनि ता स्वयंम्वर गरी सोख गर्न लाग्यो पनि ।।

रुप, गुण, कान्ती माहाँ तिनै भुवनमा कोहि थिएनन् अरु ।
कामै सास्त्र माहाँ पनि अति चतूर धेरै वयान क्या गरुँ ।।
पति ब्रतमा पनि अरु कुनै थिएनन् लोकै भरी ।
त्यसैले गर्दा तिनै भुवनमा नायक भयो बेसरी ।।

तिनै लोकमाहाँ गई कन पनि उँड्दै त्यो दानव ।
दानवका डरले भने सुरपति काम्थे साथै मानव ।।
ब्रह्माकोसँगमा गएर सुर राज यो बिन्ती गर्छन् सब ।
हे नाथ भाग्नु पऱ्यो सबै सुरहरु मर्त्यै माहाँछन् सब ।।

यो बात सुनी झन् विधिनै डराए ।
श्री विष्णु शंङखर सँग भन्न थाले ।।
विष्णु पनि ति सँगमा लिएर ।
गोलोकमा गई कन नम्र भएर ।।

भन्छन् अगाडी सरी कृष्ण लाई ।
हे नाथ ब्रह्माण्ड अनन्त हाई ।।
गर्छन् पुकार सब बात सुनाई ।
के गर्नु पर्ने छ हजुर लाई ।।

शंङखै सुरैले गई दुख दिएर ।
आयाँ यी द्यौताहरु सब लिएर ।।
दाखिल गरायाँ प्रभुका सँगैमा ।
के गर्न सक्छु म हजुर छँदैमा ।।

यो बात गरे थे जब बिष्णु जी ले ।
भन्छन सबैमा अनि कृष्ण जी ले ।।
फर्केर जानु सब देवताले ।
गर्छु पुरा काम सबको मइले ।।

मेरो कबज बाँधि सँधै गलामा ।
दानव अजेयै भई गयो नी लोकमा ।।
पतिव्रता झन् तुलसी छँदै छ ।
त्यसले गरी दानव त्यो अमर छ ।।

यति भनि शंङखरलाई आफनै ।
शक्ति पनि दिईकन त्यहि बिचमै ।।
प्रतिव्रताको पनि सत्य हर्छु ।
कबज गलाको पनि त्यो म हर्छु ।।

संग्राममा गई कन हाँक देउ ।
मैले भनेको सब मानि लेउ ।।
मर्न्या छ दानव शिव साथ भिडेर ।
मद्दत दिनु गई सबले मिलेर ।।

यति भनि गई कन आफु पहिले ।
कबज पनि त्यो हरी झट् छलैले ।।
बृन्दाको सत्य डगाई जाई ।
गोलोकमानै हुनु भो सवारी ।।

शक्ति लिई गई शिवले लडेर ।
दिँदा भए हाँक सबले मिलेर ।।
शंङखचुणै त्यो गई गो भिडेर ।
मर्दो भयो त्यो शिव सँग लडेर ।।

प्रकट भयाका जब कृष्ण लाई ।
देखि छल्याको गई आफुलाई ।।
डरले रिसाई कन फेरी पहिले ।
श्रापै दिँदि भईन् हरीलाई त्यसले ।।

हे कृष्ण तिमले छलले गरेर ।
पतिव्रता धर्म सबै लुटेर ।।
मेरो पतिको तिमीले गरेर ।
प्राणै लियौ है छलले गरेर ।।

ढुङगाको जस्तो हृदयै भयाको ।
ढुङगा ती देखुन सबले भयाको ।।
पतिव्रताको जब श्राप मिली गो ।
ढुङगा हुनु भो सबले पूज्याको ।।

श्री कृष्ण भन्छन् तुलसी कवैता ।
तिमीले दियौ श्राप मइमा तसैता ।।
त्यो भक्त मेरो अघिको भयाको ।
शंङखासुरै नाम भनि कह्याको ।।

गोलोकमा गई कन बास गर्छ ।
जन्म मरणको सब दुख हर्छ ।।
त्यो भक्त माथि करुणा गरेर ।
मैले गराएँ छलले गरेर ।।

तिम्रो शरिर त्यो दुवो रुप धारी ।
हुने छ यहिँ सब पाप हारी ।।
कृष्ण भनि नाम सबले कहेकी ।
नदी सरोपले भुवनमा रहेकी ।।

२०३५ साल

Leave a Reply

Your email address will not be published. Required fields are marked *