पहिलो हेराईको पहिलो प्रेम मेरो !
नजर जुधाईको पहिलो प्रेम मेरो !
सम्झनीले रातदिन एक भएको छ !
उनकै पर्खाइको पहिलो प्रेम मेरो !
कोही आउँछ टाढैबाट ऊनी जस्तो !
मनको ढुकढुकिको पहिलो प्रेम मेरो !
कहीं हराउँछु कहीं हुन्छु म अचेल !
आफ्नो पराईको पहिलो प्रेम मेरो !
भेटेभने म भन्ने छु ऊनलाई यस्तो !
तिम्रो बोलाईको पहिलो प्रेम मेरो!
