सगरमाथाको उचाई बढ्दै छ
अनि,ग्रेट वालको क्रमशः घट्दै
विश्वास लागेन?
तिमीहरू सत्य के पचाउथेउ?
म मेरो सगरमाथाको कुरा गर्दै छु
अनि तिमीहरूको ग्रेट वालको
सगरमाथा -मेरो सपना
ग्रेट वाल -सपनाका अवरोधहरू
गलत पो बुझेउ कि क्या हो ?
तिमीहरूले जानेकै यही हो
जे बुझ,जसरी बुझ
मैले बुझेको सत्य यही हो
आज भोलि
म प्रत्यक दिन
ग्रेट वालमा लगाईएका
इट्टा ढुंगाहरू झिक्छु
र,मेरो सगरमाथामा थप्छु
मैले थपेका इट्टा ढुंगाहरू
सेताम्य
साचै! सेताम्य हिंउ बन्छन
हो यो अलौकिक शक्ति हो
मेरै शक्ति
म भित्रको शक्ति
तिमीहरूले दिएको हैन
हुन त
तिमीहरूले पनि नदिएका होइनौ
दुख,पीडा,त्रास
यी सबैबाट पनि
ममा शक्ति आउनु पर्ने हो
तर आएन
साएद मेरै कमजोरी
अब मलाई विश्वास छ
एक दिन
तिमीहरूले पुज्ने
चन्द्रमाबाट
मेरो सगरमाथा मात्र देखिने छ
साएदै देखिएला
मैले भात्कउदै गरेको
ग्रेट वालको भग्नावशेषहरू
