Skip to content

दाह्री काटेर जाऊ (लघु कथा)


पल्लाघरे साहिँला बा बित्नुभाथ्यो । आज मधुरले मलामी जानु पर्नेभयो । मधुरको बुबा भने माथ्लाघरे काइँला पण्डित बितेकोमा मलामी जानुपर्ने भयो ।

“दाह्री काटेर जाऊ है मधुर ?”

“हुन्छ बुबा” मधुरले आज्ञा शिरोपर गर्यो ।

तर एकैछिनमा उसको बुबा मलामी जानुभएपछि उसले सोचाइ परिवर्तन गर्यो “बुबाले दाह्री काटेर मलामी जानु भो भन्दैमा, दुःखको बेला त झन् दुःखीपन पो देखाउनु पर्छ । आ ! म त नकाटी जान्छु । माफ गर्नुस् है बुबा !”

दाह्रीकै कारण मलामीमा उसले साराको खिसिटीउरी खटन सहनुपर्यो । उसले जे सोचेको थियो त्योभन्दा उल्टो भइदियो ।

२०७१ भाद्र ३० सोमबार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
www.bijusubedibijay.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *