Skip to content

देशै भरि शोक मग्न खबर चल्यो आज

देशै भरि शोक मग्न खबर चल्यो आज
क्रान्तिको अथक योद्धा भुइमा ढल्यो आज

प्रकृतिको नियम हो रोक्न कहाँ सकिन्छ र?
केहि गर्छु भन्दा भन्दै उसको चिता बल्यो आज

क्रान्तिको अटल आस्था अनि बिचार यहीँ छोडी
हेर्दा हेर्दै भैतिक शरीर खरानी भै जल्यो आज

थाकेन त्यो बुढो शरिर क्रान्तिको यात्रा भरि
तर ऊ लड्दा लड्दै कालसंग गल्यो आज

गुमाउनु पर्यो देशले महान् त्यो आदर्शलाइ
रसाए सबका आँखा ठूलो दु:ख पर्यो आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *