Skip to content

आफ्नैपनमा रमाएको जाति ल्होमी

  • by


संखुवासभा जिल्लाको हटिया,चेपुवा, किमाथांका र पावाखोला गाविस र पहिला नेपालकै भूभाग हाल तिब्बतमा पर्ने डेन्दाङ, च्याँगा र नादांग गरी करिब २ दर्जन गाउँ बस्तीहरूमा बसोवास गर्ने हिमाली जातीको नाम हो ल्हंोमी ।

यस समुदायको नामाकरण ल्होमी हुनुमा आˆनै अर्थ छ । नेपालमा तिब्बत वा भोटको दक्षिणी भेगबाट आएको मानिस भएकोले कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिद्वान तथा समाजशास्त्री वा मानवशास्त्रीहरू र जनजाती सम्बन्धि अध्ययनकर्ताहरूले यस भेगका मानिसहरूलाई परापूर्वकालदेखिनै ल्होमी भनेर वर्गीकरण गरेको पाइन्छ । यसको थप पुष्टी वा प्रमाण हेर्ने हो भने यस भेगमा सोलुखुम्बुको खुम्जुङबाट आएर बसोबास गर्ने नावा जातीलाई सोध्यो भने ल्होमी वा ल्होमेयको अर्थ खुल्छ ।

वास्तवमा जसले जसरी प्रयोग गरेता पनि संखुवासभा जिल्लाको हटिया,चेपुवा, किमाथांका र पावाखोला गाविसका विभिन्न गाउँहरूमा जन्मथलो भई यी गाविसहरूका अलावा व्यवसायका कारण नेपालका काठमाडाँै, पोखरा, खाँदबारी, धरान,हिले तथा इलाम जस्ता बजारहरूमा र भारतको दार्जीलिङ पहाडमा बसोबास गर्ने र पहिला नेपालकै क्षेत्र मानिने लुङदेक् क्षेत्र हाल तिब्बतको जग्गामा बसोबास गर्दैआएका जो आफूलाइ थिकपा,नुप्पा,पोङसुवा, लोबाङ, खुम्बुवा,भेच्याब, लामा, भोटे-भोटिया) तथा सिंसावा भनेर चिनिएका आदीबासी जनजातीसबै ल्होमीहरू र यिनीहरूको भाषा ल्होकेत् हो । यस जनजातिलाई समाजशास्त्री वा मानवशास्त्रीहरूले माथिल्लो अरूण उपत्यकाको पुरानो आदिबासी बासिन्दा भनेका छन् । यो जातिको जनसङ्ख्या २५ देखि ५० हजार रहेको अनुमान छ ।

अन्य जनजातीमा जस्तै ल्होमी जातीमा पनि थर उप थरहरू छन् । मोटामोटी दुइदर्जन जति थरहरू रहेको विश्वास गर्न सकिन्छ ती थरहरूमा थिकपा, नुप्पा, पोङसुवा, लोबाङ, मोनाङ, सारीङाप्ताक्प, खुम्बुव, भेच्याब, ठाक्तोक्प, खाम्बा, गेन्जब, ल्हेजुङ, माङलोक्त, लिङबुव, सिँबुव, चाङबा, सिप्र्पा,छापा, गाङदोक्प, उरीङफेक्प, स्योरङ, याङसुर, घुक्मुले आदि छन् । थिकपा र नुप्पा थरले जनसङ्ख्याको करिब ७५ प्रतिशत हिस्सा ओगटदछ , थिकपा, नुप्पा, पोङसुवा, लोबाङ, मोनाङ, सारीङाप्ताक्प,ठाक्तोक्प, ल्होमी जातीका पुराना थरहरू हुन भने अन्य पछि आएका नयाँ थरहरू हुन ।

ल्होमी जातिभित्र हरेक थरको आ-आˆनै फोलो -गोत्र) हुन्छ र फोल अनुसार बिहेबारी गर्दछ । एउटै फोल भएको वा थर भित्र बिहेवारी गर्न मिल्दैन जस्तै थिकपाहरूको कुटुम्बेरी नुप्पाहरू हुन त्यसैले थिकपा र नुप्पा बीचमा बिहेवारी चल्दछ तर थिकपा भित्र मिल्दैन कसैले त्यही थर भित्र बिबाह गरेमा हाडनाता करणी लाग्दछ र समाजले बहिस्कार गरी गाँउ निकाला गर्दछ ।

मागी बिबाह, मनपराएर वा चोरी बिबाह र तानेर गर्ने गरी तीन प्रकारका बिबाह गर्ने चलन पाइन्छ । तानेर गर्ने बिबाह धेर्रै पहिलादेखि चल्दै आएको एउटा प्रथा हो केही ठाउमा अझैपनि चलिरहेको छ । यसमा छोरीचेलीले मन पराएर पनि यो केटासंग जाने भन्दा तान्न आउनपर्छ भन्ने भित्री आशय हुन्थ्यो त्यसो भएमा चेलीको र माइती खलकको इज्जत प्रतिष्ठा बढ्ने गर्दछ । केटी मन पर्‍यो र कुटुम्बेरी हक लाग्ने भएमा जबरजस्ती तानेर बिराजी भएपनि राजी बनाएर बिबाह गर्न पाउने प्रावधान छ ।

आˆनै घरमा बालकको जन्म दिने र सुत्केरी तथा शिशुको स्याहार सुसार घरको आमा वा सासुले गर्ने गर्दछ । जन्मेपछि तीन दिनमा न्वारान गर्ने र बालकको नाम लामाद्वारा राख्ने गरिन्छ । बुद्ध धर्म मान्ने ल्होमीहरू झाँक्री लगाउने, पूजाआजा गर्ने बोका बली दिने चलन बोन धर्मको प्रभाव छ भने मृत्यु संस्कार बुद्धिष्ट अनुसार गर्दछन् । बुद्धिष्ट शिक्षा दुइ प्रकारको छ एउटा ङाङबे क्ष्यो यो चाँहि काटमार नगर्ने खालको बुद्धिष्ट र अर्को साज्येबे क्ष्यो जोहरूले काटमार गर्ने गर्दछन् , ल्होमीहरू दुबै क्ष्यो मान्ने गर्दछन् । मृत्यु संस्कारमा छाक बार्न पर्दैन र चि लामा पात्रो हेरेर लाशलाइ उकालो लगी धेरै मलामीगई बत्तीको उज्यालोले साथ दिँदै लामाले आˆनो शिक्षाबाट बाटो देखाउने र चितालाई जलाउने चलन छ । जलाउँदा प्राय ज्वाईंहरूले यो काम सम्हल्ने गर्दछन् । चालीस दिनमा घेवा गरिन्छ । आजभोलि छिटफुट रूपमा इसाइ बिश्वास मान्नेहरू पनि बढीरहेका छन ।

ल्होसार प्रमुख चाड हो यो हरेक बर्षको फाल्गुन महिनामा मनाइन्छ । आˆनै भाषामा ज्या लो नाम दिएर ल्होमीहरूले मान्दछन् । यस दिन विशेष परिकार र पेय पिएर मनाइन्छ । लो को अर्थ नयाँ वर्ष र स्यार को अर्थ लाग्ने हुन्छ त्यसरी नया बर्षको चाडको रूपमा मानिन्छ । अन्य पर्वमा छिजु,याहैमा,आइत, गुव, तोरच्यक छन् । रिलु, ढेलु, स्यप्रेलु, छिक्च्याक, दक्लु, टेस्यी जस्ता बिभिन्न भागमा बाँडेर गाउने ल्होमीहरूको गीत तथा नाच जातीय पहिचानको अर्को आधार स्तम्भ हो । रिलु गीत अग्लो अग्लो डाँडा काँडा वा पर्वतको मनोरम ठाउँबाट भावनामा बगेर लामो स्वर तानेर गाउने गीत हो । यो वास्तबमै अनौठो खाले गीत हो जसको बोल लयले हरेक ल्होमीको मन छुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *