ए मन तँ मबाट छचल्किएर जाने छैनस
रोगी भएँ तेरै कारण बहकिएर जाने छैनस
फूल सम्झी माली बनेँ, काँडा बन्यो त्यही मन
आफ्नो सम्झी माया गरेँ टाँढा बन्यो त्यही मन
मेरै बश्मा बस न है फुत्किएर जाने छैनस्
रोगी भएँ तेरै कारण बहकिएर जाने छैनस
सधै निरश भाव-विह्वल हुन्छस किन त्यही यादमा
एउटा झरे अर्को फूल्छ रुन्छस किन त्यही यादमा
त्यही सम्झना पल्-पल झल्किएर जाने छैनस
रोगी भएँ तेरै कारण बहकिएर जाने छैनस
@ बिक्रम अर्पण
प्राङ्बुङ्-४,पाँचथर्
हाल् : मलेशिया
