आज पनि सपनीमा देख्यौ जस्तो लाग्यो मलाई
सपनीमै प्रेम पत्र लेख्यौ जस्तो लाग्यो मलाई
फुलै फुलले सजिएका स्वप्निल बगैचामा
मन पर्ने मान्छेसँग भेट्यौ जस्तो लाग्यो मलाई
डर लाग्छ आँखा थुन्न सपनीमा आयौ भने
सपनीमै तिमीले मलाई माया प्रीति लायौ भने
विपनीमा रम्ने मान्छे सपनामै भुल्छ होला
नीदसँगै तिमी पनि सपनीमा छायौ भने
नचिनेका मान्छेहरू सपनीमा आउदैनन् रे
पिरतीका गीतहरू कहिल्यै पनि गाउदैनन् रे
तर पनि डर लाग्छ आइदियौ तिमी भने
सपनीमा रम्ने मान्छे विपनीमा रम्दैनन् रे
विपनीमा तिमीलाई कुर्ने वानी परिसक्यो
कति खेर आउलाउ भनी हेर्ने वानी बसिसक्यो
के होला खै तिम्रो मेरो सम्बन्ध त म जान्दिन
मनैदेखि मन्ले तिमीलाई आफ्नो मान्छे ठानिसक्यो
