मेरा शब्दहरु तिम्रा लागि

मेरी प्यारी प्रियतमा
अनमोल माया अनि अनगिन्ती सम्झनाहरु

प्यारी तिमी मेरी जिन्दगी हौ । जिन्दगी एउटा यात्रा हो भने तिमी मेरी सहयात्री हौ । जिन्दगी एउटा बगैचा हो भने तिमी त्यसको सुन्दरता हौ । जिन्दगी एउटा कथा हो भने तिमी त्यस कथाकी मुख्य पात्र हौ । जिन्दगी यदी तपस्या हो भने तिमी मेरी बरदान हौ । जसरी सहयात्री विनाको यात्रा कठिन हुन्छ, सुन्दरता विनाको बगैचा कुरुप हुन्छ, पात्र विनाको कथाको महत्व हुदैन अनि वरदान विनाको तपस्या निरर्थक छ त्यसरी नै तिमी विनाको जिन्दगानी निरर्थक, महत्वहिन, कुरुप अनि कठिन छ ।

प्रिय एक अर्कालाई पाउनका लागि हामी अहिले जुन स्थितीमा जीवन गुजारीरहेका छौं भयंकर पिडादायी, कष्टकर, गन्तव्यमा पुग्ने अभिलाषा र पटक पटक मनमा आउने अवान्चित शंका अनि अनेक प्रश्नहरुले तिमीलाई अनि मलाई बेला बेलामा निरास तुल्याउछ । हो म तिमीलाई माया गर्छु, अघात प्रेम गर्छु अनि तिमी संग जीवन विताउने प्रण गर्छु । म पनि तिमी जस्तै मान्छे हुँ जसलाई मायाका अनुभुतिहरु मुटुका हरेक केशीकाहरुमा, स्वास अनि प्रस्वासमा आँखा खोल्दा, आखा चिम्लदा, निमेशमा, सन्त्रासमा हरेक पलहरु र क्षणहरुमा मिठा अनुभुतीहरुसंगै रमाउन चाहान्छु । आफुले माया गरेको मान्छे आफुले दिलदेखि चाहेको मान्छे अनि आफुले सर्वस्व मानेको मान्छे तिमी हौ बुढी । मेरो जिन्दगीको सुवास तिमी हौ त्यसैले म तिमीलाई आफ्नो जिन्दगीको सुवासीनी बनाउन चाहान्छु । बोलेर धरैचोटी मागे सायद मेरो जिन्दगीका भिखहरु लेखेर आज माग्दैछु ।

जिन्दगी, तिमी मेरी हौ, मेरी भएर बाँच । मेरो मायालाई संगालेर बाँच अनि मैले दिएका जिन्दगीहरुलाई अंगालेर बाँच । एउटा नयाँ संसारको सृजना गर्छु म, त्यही संसारमा रमाएर बाँच । हो म तिमी वेगरको जिन्दगी न सोच्न सक्छु, न भोग्न सक्छु न त जिउन नै । तिमी मेरी प्रियतमा हौ, तिमी मेरी संसार हौ अनि तिमीनै मेरो बाँच्ने आधारहरु । आज बसन्त पंञ्चमी बिवाहको लागि एकदमै राम्रंो दिन मध्ये एक आज पनि हो । सुन्यतामा जव सडकमा वाजाको चर्को स्वरहरु गुञ्जियो, सजिएको कारमा दुवोको माला सहित जव बेहुला देखे, घुम्टो भित्र हर्षका मोतीहरु झारिरहेकी बेहुली देखे अनायसै मन थाम्न सकिन । हामी विवाह बन्धनमा बाँधिएका पनि झण्डै ४ महिना भैसकेछ आजसम्म जिन्दगी सुरु गर्न पाएका छैनौं । तिमी त्यहाँ छट्पटिने र म यहाँ । थाहा छैन कहिले सम्म हाम्रो छट्पटी जिवित रहन्छ हामी संगै । बोलेर धेरै चोटी मागे तिमीसंगको साथ आज लेखेर माग्दैछु । आउ सुरु गरौं हामीले चाहेको जिन्दगी ।
तिम्रो आगमनको प्रतिक्षमा
उहि तिम्रो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *