Skip to content

मेरो पुकार

मंदिरमा देउता देख्छु घण्टी बजाउछु
त्यै घण्टीमा टाउको ठोकी तिमीलाई माग्छु
देवी देउता सबै भाक्छु तिमीलाई पाउन
चाहाना छ तिमीसंगै जीवन बिताउन

कुन मंदिर छ यहाँ कुन्नी तिमीलाई माग्दा
तथास्थु त्यो भगवानले हात उठाई देला
मनमा तिमी तनमा तिमी बचनमा तिमी
मेरो धर्ती मेरो आकास सबै कुरा तिमी

कुनै दिन मेरो पनि भाग्य चम्किएला
मेरो प्राण मलाई खोज्दै मेरै घरमा आउला
संसारको सबैभन्दा सुखी हुन्छु त्यो दिन
हाम्रो सुन्दर संसारमा सजाउछु त्यो दिन

तिमीले लाको घुम्टो खोली तिम्रो मुहार हेर्छु
परेलीमा लुकाएर धेरै माया गर्छु
हाम्रो संसार तिमी हेर मेरो आखाबाट
हाम्रो हासो तिमी हाँस मेरो ओठबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *