गुन्गुन्याउनेको लागि गित हो रे जिन्दगी
रमाउने हरुका लागि मित हो रे जिन्दगी
माया गर्नेहरुका लागि प्रित हो रे जिन्दगी
केही गर्न नसक्नेका लागि रित हो रे जिन्दगी
मात्तिने हरुका लागि पेग हो रे जिन्दगी
दौडनेहरुका लागि बेग हो रे जिन्दगी
पौडीनेहरुका लागि चाल हो रे जिन्दगी
आत्तिनेहरुका लागि बेहाल हो रे जिन्दगी
कमाउनेहरुका लागि आश हो रे जिन्दगी
तिर्खाएकाहरुलाई प्यास हो रे जिन्दगी
मृत्युशैया पुग्नेलाई सास हो रे जिन्दगी
दुखियाहरुका लागि त्रास हो रे जिन्दगी
चुरोटेहरुका लागि धुवा हो रे जिन्दगी
गाउकी चेलीका लागि कुवा हो रे जिन्दगी
हुने खानेहरुलाई सदा बहार रे जिन्दगी
मेरा लागि त सृष्टिको उपहार हो जिन्दगी
