Skip to content


सक्छौ र तिमी भुल्न मलाई
म त पछ्यौरी उडाउने बताश बनी आउँछु
तिम्रो देशैमा
न्यानो माया नखोज तिमी
म त मुटु कमाउने सिरेटो बनी आउँछु
तिम्रो देशैमा

तिमीलाई त सजिलो होला अरुसंगै रमाउन
मेरो मुटुबाट लेखिएका चिठ्ठीहरु जलाउन
अनि निलो आकाशको छहारी मुनि अरुकै हात समाउन
म त कालो बादल भै अन्धकार बनी छाउँछु
त्यो आकाशैमा
न्यानो माया नखोज तिमी
म त मुटु कमाउने सिरेटो बनी आउँछु
तिम्रो देशैमा

तिमी हौ केबल मेरी सपना अरु कुनै नाउँ छैन
तिमी बिना भन जाउँ कहाँ मेरो कुनै ठाउँ छैन
बगायौ आशुँ तिमीले आखाँबाट
यसको मूल्य चुकाउन
म त आशुँ बनेर सिरानी तिम्रो भिजाउँछु
शून्य रातैमा
न्यानो माया नखोज तिमी
म त मुटु कमाउने सिरेटो बनी आउँछु
तिम्रो देशैमा

शब्द, संगीत – कालीप्रसाद बाँस्कोटा
स्वर – सनुप पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *