एकपल मौन रहिदिन्छु यो मौनतामा के छ सोचेर !
आफैंसग कुरा गर्छु यसैगरी तिमीसग बोलु भनेर !
आज मायाको गीतगजल गाउदिन म हुन्छ प्रिया ?
हेर सन्तान एक्लो भएको छ बाबाआमासग तर्क गरेर !
किन एउटै कुराले पुग्दैन मान्छेलाई हे भगवान !
कहिले स्वार्थी बन्नुपर्ने कहिले गुनी बन्नुपर्ने सिकेर !
जिन्दगीको सवाल भन्दै नाटक गर्छन् मान्छेहरू !
अब त बाच्नुपर्छ भन्छु मित्र भ्रम फालेर !
शिक्षितको नाममा अरु अशिक्षित बन्दै छौ हामी !
आजैबाट बाचौ साथी बुझाईको मर्मलाई जानेर !
धेरै बाच्ने रहर छैन जिन्दगीसगको गुनासो होइन !
हो यो कोमलनयन भरिएको छ एकनजर हेरेर !
