घात गर्यौ तिमीले मोरी
यो मन चोरि लगेर
बर्बाद पार्यौ तिमीले फेरि
गोरेटो अन्तै मोडेर
अञ्जान म सोझो मान्छे मिस-कल तिमिलेनै मारीथ्यौ
मोहनी त्यो लोभलाग्दो बोलीले यो मन चट्टै चोरिथ्यौ
तर भेट्ने बाचागरेर तिमीले मोबाइल स्विच-अफ राखेछौ
घात गर्यौ तिमीले मोरी
यो मन चोरि लगेर
बर्बाद पार्यौ तिमीले फेरि
मोबाइलको सिम-कार्ड फेरेर
फेसबुकमा प्रोफाइल खोलि दियौ फ्रेन्डसिप एड पनि पठायौ
कोरीयन केटीको तस्बिर राखेर मनको हाल बेहाल पारिदियौ
ब्लक गरेर अन्तमा तिमीले स्क्र्याच कुपन जस्तै फालीदियौ
घात गर्यौ तिमीले मोरी
यो मन चोरि लगेर
बर्बाद पार्यौ तिमीले फेरि
फसेबुकमै ब्राके-अप दिएर
