पल्टाउँछन्, हेर्छन्, पढे जस्तो गर्छन्,
तलतिर, माथितिर आँखा घुमाउछन्,
अलिकति तिर्खाए झैं,
अलिकति भोकाए झैं
सानो त्यान्द्रोमा झुण्डिएका,
ती छिचमिराका किराहरू,
नपाउनेसम्म नभए जस्तै गर्छन्
पाएपछि नभएका पनि भए जस्तै गर्छन्
किनकि फकाएर पनि लुट्नु थियो,
थर्काएर पनि लुट्नु थियो
कागजका खोस्टाहरूका सहाराले
हो पनि भन्छन्,
हैन पनि भन्छन्,
हाम्रा जनताका सेवकहरू
उहिले आकास थियो,
अहिले पातल भएका छन्
किनकि समय बदलिएको छ
हिजो भूतहरूदेखि मानिस डराउँथे
अहिले भूतहरू मानिसदेखि डराउँछन्
त्यसैले त अख्तियारवालाहरू भए पनि
सेवकहरू आत्तिनु पर्दैन
किनकि उनीहरूसँग सत्ता छ,
उनीहरूसँग भत्ता छ,
त्यसैले शक्तिशालि छन,
हाम्रा जनताका सेवकहरू ।
