Skip to content

महाकवि देवकोटा र मुनामदन खण्डकाव्य

  • by


सन्दर्भ १०६ औ लक्ष्मीजयन्ती

नेपाली साहित्यका क्षेत्रमा कलम चलाउने थुप्रै विद्वानहरू मध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटालाई महान हस्तीका रुपमा चिन्ने गरिन्छ । वि.स १९६६ साल कात्तिक २७ गते शुक्रवार काठमाण्डौंको डिल्लीबजार धोबिधारामा पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवीका छ भाइ छोराहरू मध्ये तेस्रो पुत्रको रुपमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको थियो । उनको न्वारणको नाम तिर्थमाधव देवकोटा भएता पनि तिहारको लक्ष्मी पूजाको दिन जन्मिएका हुनाले लक्ष्मीप्रसाद भनिएको हो ।

मध्यम वर्गीय परिवारमा जनिमएका महाकवि देवकोटाले १० वर्षको कलिलै उमेरमा आङ्खनी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर “म त अभागीनी पो भए” शिर्षकको कविताबाट साहितियक लेखनको औपचारिक सुरुवात गरेका थिए । कविता लेखन उनको प्रिय साथी हुन थाल्यो भने लेखनमा उनको दिनाचार्य बित्ने गर्थ्यो । बि.एल, बि.एल अंग्रेजीमा एम.एसम्मको अध्ययन गरेका देवकोटाले कहिले जागिरे त कहिले विभिनन पत्र पत्रिकाका सम्पादक, प्राध्यपक र राजनीतिज्ञको रुपमा नेपाल र नेपालीहरूको सेवा गरेका छन । वि.स १९९१ सालदेखी २०१६ सालसम्मको अवधिमा उनले थुप्रै काव्य कृतिहरूको सिर्जना गरेका छन ।

नेपाली साहित्यका कविता, निबन्ध, कथा, उपन्यास नाटक लगायत सबै जसो विद्यामा कलम चलाउन सफल महाकवि देवकोटालाई बिषेशत कविता र निबन्ध विद्याले शिखरमा पर्याएको छ । आधुनिक नेपाली साहित्य क्षेत्रमा स्वाच्छन्दतावादी धाराका प्रवर्तक रुपमा महाकवि देवकोटालाई चिनिन्छ । प्रकृति प्रेम र मानव जीवनका हृदयबिदारक विषयवस्तुलाई आफ्नो कलमका माध्यमबाट सामाजिक रुपमन्तरण्म गर्न सक्ने यस्ता बहुमुखि प्रतिभाका धनी देवकोटाले शाकुन्तल (२००२), सूलोचना (२००३), वनकुसुम (२०३२५), प्रमिथस (२०२८) जस्ता उत्कृष्ट महाकव्यका साथै मुनामदन (२००२),कुञ्जिनी (२००२), वसन्ती (२००९), पहाडी पुकार (२००५), म्हेन्दु (२०१५), लुनी (२०२५), मैना २०३९) जस्ता खण्डकाव्यको समेत रचना गरेका छन ।

काव्य सिर्जनाका शिखर पुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली भाषा, साहित्य र वाङ्मयको विकास युगान्तकारी भूमिका खेलेका छन । महाकवि देवकोटाले परिष्कारवादी काव्यधारालाई पन्छ्याउँदै स्वच्छन्दतावादी काव्यधाराको प्रारम्भ गरी साहित्य जगत र काव्य सिर्जनामा एक नविनत म आयम भित्र्याउन सफल भएका छन । उनका सबै जसो काव्यहरूमा मानिसको सुख, शान्ति र समृद्धिको भाव दर्शाएको पाइन्छ । वि.स १९९२ सालमा प्रकाशित मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटाको मात्र नभई सिङ्गो नेपाली साहित्य जगतकै स्वच्छन्दतावादी काव्य धाराको पहिलो र उत्कृष्ट खण्डकाव्य हो । यस काव्यका माधयमबाट देवकोटाले भौतिक सुख सुविधामा लागि पर्ने तत्कालीन समाजलाई धेरै धन सम्पति आर्जन गर्नु भनदा आध्यात्मिक प्रेमका साथ जीवन बिताउन सनदेश दिएका छन । धन र मनको आध्यातम र भौतिकताको शहरी र ग्रामिण परिवेशको द्वन्द्व सिर्जना गरी मानवतावादी दृष्ट्रिकोण प्रस्तुत गर्ने र मानव – मानव बिचको भेदभाव अन्त्य हुनु पर्नेमा बिषेश जोड दिएका छन । स्वच्छन्दतावादी विचारधारामा संरचित यस खण्डकाव्यमा प्रकृतिको समेत चित्रण गरिएको छ । खण्डकाव्यमा उपस्थित पात्रको अवस्था, उसको मानसिकता, काल्पनिकता अनुरुपको प्रकृति र परिवेश, शृगारिक एवं शान्त र रौद्र स्वरुपको चित्रण गरेको पाउन सकिन्छ । लोक तथा झ्याउरे लयमा रचना गरेको मुनामदन खण्डकाव्यको कथानक र घटनाक्रमहरूलाई वर्णनात्मक रुपमा प्रस्तुत गरिएको छ । एकातिर तीव्र साङ्गितिक लय प्रवाहले देवकोटाका काव्य कृति श्रुतिमधुर र लयात्मक बनेको छ भने अर्कातिर मानवीय संवेदना, हार्दिकता, प्रेम, सहानुभूति, दया, माया जस्ता काररुणकि भाव वा विचारले खण्डकाव्यलाई अँझ उचाईमा पुर्याएको छ । निम्न वगीृय ग्रामिण परिवेशको यथार्थता, पीडा, लैङ्गिक विभेद नारीहरूको अन्तरब्यथा र असमानता जस्ता सामाजिक विषयवस्तुको उत्थान गरी यसको कारुणिक चित्रणले मानवतावादी स्वर दिएको पाइन्छ ।

मुना मदन खण्डकाव्यको सुरुदेखी अन्त्यसम्म देवकोटाले मुना र मदन यी दुई पात्रको सेरोफेरोमा मानव मन र धनप्रतिको आर्कषण द्वन्दात्मक प्रस्तुति व्यक्त गरेका छन । खण्डकाव्यकी नायिका मुनाका लागि सम्पति केही होइन भने नायक मदनका लागि धन समपति जीवनको आवश्यक हो भन्ने भाव दर्शाई देवकोटाले भौतिक सुख सुविधाभन्दा आत्मिक जीवन नै पलदायि हुने कुरा उल्लेख गरेका छन । धनको पछि लाग्दा दुस्परिणाम भोग्नु पर्छ भन्ने प्रस्तुत गरिएको छ । मुनामदन खण्डकाव्यका माध्यमबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रत्येक मानवले मानवलाई मानवकै रुपमा हेर्नु पर्ने मानवतावादी दृष्ट्रकिोण प्रस्तुत गरेका छन । भौतिक ऐश, आराम र विलाशिताभन्दा मानसिक सन्तुष्टि प्राप्त गरी युवाहरू स्वदेशमै रमाउन सक्नु पर्ने राष्ट्रवादी चिन्तन प्रखर रुपमा अभिव्यक्त गरेका छन । विलाशिकता वा स्वार्थका पछि लागेर हिड्ने मदनका साथीहरू जस्ता व्यक्ति तत्कालीन शहरी सभ्यताले विकशित भएका मानवता विहीन स्वार्थी र कृतिम मानवहरू हुन भन्ने धारणा देवकोटाले मुनामदन खण्डकाव्यमा अभिव्यक्त गरेका छन । ग्रामिण परिवेशको चित्रण गर्दै दया धर्म सहयोग र निःस्वार्थ सेवा भाव रहेको कुरा देखाई ग्रामिण समुदायका जनताहरू शहरियाको तुलनामा मिलनसार र सहयोगी भउको कुरा उल्लेख गरेका छन । खण्डकाव्यका माध्यमबाट देवकोटाले देश प्रेम, मानवतावाद, प्रकृतिप्रेमी, ईश्वरीय अवस्थाका आधारमा अघि बढ्न सके व्यक्ति समाज र राष्ट्रको उन्नती हुने जसता कुराहरू अभिव्यक्त भउको छ । आधुनिक सभ्यताको नाममा सम्पन्नताको लक्ष्य बोकेर भौतिक एैस र आरमलाई महत्व दिने प्रवृतिले मानिसलाई अनधो बनाउनुका साथै मानवले मानवलाई गर्नु पर्ने सहयोग विर्सर्दै गएको र उनीहरूमा दया, माया, धर्म र आपसि सहयोगको भावना विकसित गराउनु पर्ने कुरा उल्लेख गर्दै देवता र दानव मान्छे नै हुन भन्ने भाव व्यक्त गरेका छन । विरामी अवस्थामा मदनलाई बिच बाट्टैमा छाड्ने साथीहरू, नैनी र गुण्डाहरू मनवका रुपमा देखिएका दानव हुन भने सअसाहय मदनलाई निःस्वार्थ रुपमा सेवा गर्ने भोटे मानवका रुपमा देखा परेका देवता हो । त्यसैले हामीहरूले पनि परोपकार, सेवा दया, धर्म देखाई हाम्रो भविष्य सुधार्नका लागि पहल गर्नु पर्ने कुराको उल्लेख गरेका छन । त्यस्तै नारीहरू माथि सृष्ट्रीको भार थाम्ने र सुन्दर भविष्य निर्माण गर्ने दायित्वलाई भूलन नहुने, भौतिक सम्पति क्षणिक हुने, सुखमा साथ दिने व्यक्ति मात्र सच्चा साथी हुन सक्ने भएकाले एक मानव अर्को मानवको दुस्मन र प्रगतिको बाधक बन्न नहुने कुरालाई प्राथमिकताका साथ उठाई आपत–विपतमा परेका बेला धैर्य गरी सहन गर्न सक्ने मानिसले मात्र प्रगति गर्न सक्ने आम युवा वर्गमा प्रगतिवादी सन्देश दिएका छन । सुन्दरता छुने वस्तु नभई हेर्ने वस्तु भएकाले सुन्दरतालाई जीवित राख्नु पर्ने भावना अभिव्यक्त गर्दै मानवतावाद, प्रकृतिप्रेम, आदर्शवादीता र ईश्वर प्रतिको आस्था जगाउँदै संधै समाजको उन्नती र प्रगतिमा लाग्नु पर्ने निश्कर्ष निकालेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *