Skip to content


मान्छे आदर्श बोल्छन्
तर, गोली ओकल्छन्
शब्दजाल बुन्छन्
र पासोमा पार्छन्
ताता कुर्सीहरू छन्
त्यसैले त उनीहरू छन्,
गोलीहरू तयार छन्
छातीहरू पनि त तयार छन्
मात्र तातो कुर्सीका लागि
हजारौँ आत्माहरू पुरिन्छन् ।
एक गोली फुत्कन्छ
मानवता ढल्छ
एक रिस निस्कन्छ
मानवता जल्छ,
एक स्वार्थ बोल्छ
मानवता मर्छ,
सर्वत्र मूर्दाशान्ति छाउँछ
त्यहाँ मानवता बिलाउँछ,
तैपनि, नक्कली विजयको उन्मादमा
उनीहरू मक्ख हुन्छन्,
फेरि पनि, बारम्बार,
मानिस आदर्श बक्छन्
थाक्दैनन्
र नैतिकता गाउँछन्,
उनीहरूलाई लाज लाग्दैन ।

नेपाल साप्ताहिक ३३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *