यो साँझा यो रात तिमीबिना लाग्दैन मात
नसा नसामा समाइसक्यौ
लाग्छ मलाई तिमी छौ मुटुमा
एकदिनको होइन वर्षौं वर्षौं पुरानो हाम्रो भेट
सक्दैन कसैले हाम्रो मायामा पर्खाल बनाउन
बरु आऊ तिमी समाऊ न मेरो हात
यसरी नै सदा मुस्कान तिम्रो छाइरहोस् ओठमा
जिउनुको सार हुनेछ बाँच्नुको अर्थ मिल्नेछ
दुख र सुख ध्रुबसत्य हो जीवन मोडमा
शब्द, स्वर, संगीत – सुनिल बर्देबा
