Skip to content


मैले माया लाएकै हो किन चाहियो दशी हजुर
आधार प्रमाण नखोज्नु यिनी मेरो प्रियसी हजुर ।।

छलकपट धोका पीडा छैन हाम्रो मन भित्र
चोखो माया गर्छौ हामी किन लाउनु कसी हजुर ।।

व्याख्या के नै गर्नु पर्छ बुझे हुन्छ सिधासिधी
हाम्रो माया बाटिएको दुई पोयोको रस्सी हजुर ।।

हाँसो खुशी दु:ख पीडा अँगालेर यहाँसम्म
सहायात्री भई आयौ होइन हामी बेहोसी हजुर ।।

जिन्दगीलाई खुशी राख्न एक्लै कहाँ सहज छ र
नरोकिने हाम्रो माया रोसी अनि सप्तकोशी हजुर ।।

२०७०/११/२३ गते
सुनसरी, इनरुवा

2 thoughts on “स्पष्टोक्ति”

  1. म प्राय गजलहरु त लेखने गर्छु
    म प्राय गजलहरु त लेखने गर्छु तर मझेरी डट कममा यो मेरो पहिलो गजल हो । कृपया प्रतिक्रिया दिनुहोला

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *