जानेकी रैछौ तिमी धोका दिन पनि
गिराउने प्रयास गर्यौ मलाई खाल्टो खनी
नाटक तिम्रो कस्तो रैछ धुत्न खोज्ने मलाई
मट्टतिेल खन्याईकन खोज्दिरैछौ सलाई
तिम्रो आँखा परेको हातको मैला धनमा
छल कपटको खानी रैछ तिम्रो भित्री मनमा
कहाँबाट सिक्यौ पि्रया यस्ता आनी-बानी
कहाँ रैछ बताइदेऊ न बैमानीको खानी
कमजोरी के थियो र दियौ मलाई धोका
आखिर मलाई बनाइछाड्यौ बलिको बोका
सोच्थ्यौ रे आफूलाई त संसारमै बाठी
अघि कठैबरा भन्थ्यौ पछि मार्थ्यौ लाठी
पैसाको पछि लाग्दा खाडलमा जाउली
माछाजस्तै जालमा पर्दा बल्ल थाहा पाउली
– दिब्रुङ्ग सराङ-५ गुल्मी, हाल अलखोर कतार
