Skip to content


जीवनमा सबैभन्दा नजर दोषी हो कि
बगिरहने अँश्रुधारा सप्तकोशी हो कि

सेरोफेरो, अघि-पछि जिन्दगीमा जे भोगे नि
मेरो माया उनीलाई पीडा दिने सूल भो कि

वाचा कसम हाँसो ठट्टा पर्याय थे पिरतीका
पर्यायका ती पल सबै भेल बनी बगी गो कि

कुर्दा कुर्दै थाकिसकेँ दोवाटोमा कुरुँ कति
बिर्स्या छैन अँझसम्म खा’को कसम औंला टोकी

२०७०१००४ गते
सुनसरी, इनरुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *