ऊ भन्छ
मलाई मात्र स्वीकार गर ।
तर हामी भन्छौँ
सबैलाई स्वीकार गर ।
त्यसैले ऊ हिड्ने बाटो र
हामी हिड्ने बाटो
विलकुलै फरक छ ।
ऊ निर्देशन दिन्छ
मैले जे लाउँछु
बोल्छु
लेख्छु
खान्छु
गर्छु
सबै मान
तर हामी अवज्ञा गछौँ
चाहे दण्डित गरोस
चाहे सजाय देओस
हामी भनिरहन्छौँ
सबैलाई स्वीकार गर ।
तर ऊ घृणा गर्छ ।
मानौँ हामी
असभ्य छौँ
जङ्गली जस्तै ।
जङ्ग योञ्जन तामाङ
आङ्ना,५ –पाँचथर
