Skip to content


भागिरहेको बतास
लखेटिरहेको कसिंगार
जलिरहेको सूर्य
दाइँ गरिरहेका घडीको सुइ
अनि पौडिरहेका एक जोडी चरा
मन्चमा ।

बदल्दै बदलिरहेछ बदलिदो मौसम
बदलिएर ।
मुतिरहेछ आकाश जमिनलाई ….
धर्ती उतानो छ ?
लडिरहेछ जिन्दगी
बासनाको दुर्गन्धले
मातिएका ओठ तिम्रा / मेरा
लट्पटिरहेको जीव्रो
चिप्लिरहेको हत्केला
सक्सकाइरहेका औला
उकासिइरहेको छाती
फुस्किरहेको योवन
छट्पटाइरहेको तिमी कि म र दुवै
मडारिरहेको छौ बिछ्यौनामा
वा
चाट्दै छौ धुलो जमिनको ।

म्याराथुनमा प्रथम भएझै
रातो मुस्कान अनुहारमा दौडाएर
आँखा चिम्लेर
भित्र बाहिर /बाहिर भित्र
स्वा……..स्वा ………..स्वा ……
स्वास ।

बदल्दै, बदलिरहेछ बदलिदो मौसम
बदलिएर ।
दृश्य : बितेको /घटेको सत्यता ।
कथा :मेरो जस्तै लाग्ने ।
पात्र : चरित्र अनविज्ञ ।
अनि …………..म!!
हेरिरहेको छु मञ्च को कुनामा
जिन्दगीको रसलिला
पुरानो कथाको नयाँ पात्र
नयाँ शीर्षक पुरानो कथाको

बदल्दै, बदलिरहेछ बदलिदो मौसम
बदलिएर ।
धमिलिएको दृश्य
खप्पर पछाडि …..

मृत्य निर्मल

सन२०१४ – ०२- २६

Leave a Reply

Your email address will not be published. Required fields are marked *