Skip to content

कसैलाई तिमी पनि मनपराएर हेर

RBRonzai


कसैलाई तिमी पनि मनपराएर हेर
खालि दिलमा कसैलाई सजाएर हेर

खान, पिउन, उठ्न, बस्न सप्पै भुल्नेछौ तिमी,
कसैको सम्झनामा मात्र हराएर हेर

मरिहत्ते गर्दा पनि तर्किएर उनी हिड्दा
पीडामा छटपटीदै तिमी कराएर हेर

थाहा पाउनेछौ अनि के छ मेरो हाल,
प्रेम झार आफैलाई चराएर हेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *