बेशार बेच्दा बेच्दै हाटैमा कोरिन्छन् गजल
मुर्दा पोल्दै गर्दा घाटैमा कोरिन्छन् गजल
पलङ्मा स्ल्पिङ ट्याब्लेट ले निन्द्रा किनिन्छ
गुन्द्रि बिनाको खाटै मा कोरिन्छन् गजल
पैशा हुने हरु जुत्तै बेच्छन ए.सी. रुम मा
यता सब्जि बेच्दै बाटैमा कोरिन्छन् गजल
प्रबिधी हैन यहाँ कलम कपि नै नभए पनि
सिप भए धुलौटो माटैमा कोरिन्छन् गजल
सकीदैन पेट पाल्न गजल लेखेर मात्रै
तै पनि अबिराम आँटैमा कोरिन्छन् गजल
तोया नाथ पौडेल
सँखुवासभा
हाल- मरुभुमी को छाती बाट
