
त्यों फूलको डाली भाचेर के पायौ
ल भन-त्यो जवानी नासेर के पायौ ?
दुनियाले मेरो घाऊमा नून चुक लगाउदा
ल भन-म रुदा तिमी हाँसेर के पायौ ?
आफ्नो स्वार्थ पुरागर्न-जिउदै मलाई जलायौ
ल भन-मलाई मारी तिमी बाँचेर के पायौ ?
खै कसरी बुझेउ यो निस्छल नातालाई
ल भन-जीवनलाई दलदलमा भासेर के पायौ ?
पिरतीको को डुंगा पल्टायर बिचमै
ल भन-अन्तै नाता गासेर के पायौ ?
डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन
हाल : मरुभूमिको छाती दुबई

Really heart touching stressed
Really heart touching stressed