बादलहरू हो आकाश ढाकी नबसिदेऊ
जून हेर्ने प्रेयसओको मन दुखाई नदेऊ
यो शहर बाँचेको छ बोकी सपनाको भारी
आफ्नो इच्छा पुरा गर्छन अरुलाई नै मारी
जहाँ मन सल्केको छ त्यहाँ निभाउन जाऊ
आफू गर्जेर भए’नि त्यहाँ वर्षा गराऊ
लगिदेऊ सारा खुशीहरू गाउँघरतिर
शहर मात्र हैन तिम्रो, जाऊ गाउतिर
पाखाभरि झूलेका छन अजम्बरी फूल
वर्षी देऊ फुलाई देऊ मनैभरि फूल
शब्द – योगेन्द्रमणि दाहाल
स्वर – दीप श्रेष्ठ
संगीत – राजु सिंह
