Skip to content


झ्याइँ झ्याइँ पन्चे बाजा बजाएर ल्याए
बाटैभरि लावालस्कर कसका जन्ती आए ?
दुलही रैछिन् डोलीमा दुलहा रैछन् घोडामा
हेर ! जन्ती नाचेका पन्चे बाजामा !
झ्याइँ झ्याइँ

दुलहाले दौरा सुरुवाल टोपी लाएका
दूबो फूलको मालाले राम्रो भएका !
झ्याइँ झ्याइँ

दुलही पनि रातो सारी रातै चोलीमा
पछ्यौरीले मुख छोपेकी हेर डोलीमा !
झ्याइँ झ्याइँ

हाँसी खुशी रमाउँदै घन्काउँदै बाजा
पछि रैछिन् दुल्हीरानी अघि दुल्हाराजा
झ्याइँ झ्याइँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *