Skip to content

गजल (आफ्नै खुशी अंगालोमा)


आफ्नै खुशी अंगालोमा नबेरेको धेरै भयो
ऐना हेर्दा लाज लाग्छ नहेरेको धेरै भयो

उपमा के दिनुहुन्छ बाध्यता कि गरिबीको ?
च्यातिएको दौरा मैले नफेरेको धेरै भयो

बाँच्ने आशा अभिलाषा मारी सक्यो महंगीले
मृत्यु माग्दा सरकारले नटेरेको धेरै भयो

भागें होला सायद म कर्तव्यको बाटोबाट
बाध्यताले मेरो घाँटी नसेरेको धेरै भयो

समयको परिवेसमा गाउँलेको जिन्दगानी
चल्न छोड्दा नचाहेरै हतेरेको धेरै भयो

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *