Skip to content


सुर नचढी फुर्दै नफुर्नेः जाँड कवि
अप्ठ्यारो टेढो मात्रै कुरा गर्नेः टाँड कवि
अरू मिलेको हेर्नै नसक्नेः भाँड कवि
बोल्यो कि हान्न खोज्नेः साँड कवि
जाँड कवि, टाँड कवि, साँड कवि ।
साह्रै अप्ठ्यारोमा फलेको फर्सीजस्तोः गलगाँड कवि ।
उधारो चिया खानेः कंगाल कवि
राजनीतिक नियुक्ति पाएकाः मालामाल कवि
अरूको कविता लुसुक्क चोर्नेः लुच्चा कवि
ठाडो, खरो र दुर्मुखाः छुच्चा कवि
कंगाल, मालामाल, लुच्चा, छुच्चा कवि
रंग न तालको कुराले दिक्क भई
धर्मपत्नी माइतै बसेकीः बुच्चा कवि ।
जस्तो देश उस्तै कवि ।
जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि…कविता सुनाउन !!!

नेपाल साप्ताहिक ३३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *