Skip to content

“तिम्लाई भुल्न खोजेर म”

“तिम्लाई भुल्न खोजेर म”

फुल बनेर फुल्दैनौ तिमी भने म भमरा बन्न चाहन्न
तिम्लाई भुल्न खोजेर म आफैलाई भुल्न चाहन्न

कहिले काही सोच्दा लाग्छ तिमी नै मेरो संसार हौ
लाग्छ अब त तिमी नै मेरो जीवनको आधार हौ

तिमीले मात्रै सक्छौ मलाई स्वर्ग यहि दिलाउन
कसैले सक्दैन मलाई मायां रुपी अमृत पिलाउन

देवी देउता भाकी मठ मन्दिर धाउन म चाहन्न
तिम्लाई भुल्न खोजेर म आफैलाई भुल्न चाहन्न

मेरी मनकी रानी तिमी नै हौ म अरुलाई चाहन्न
तिमी मेरी भैनौ भने म यो पृथ्वीमा रहंदै रहन्न

तिम्लाई भुल्न खोजेर म आफैलाई भुल्न चाहन्न
तिम्लाई भुल्न खोजेर म आफैलाई भुल्न चाहन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *