कभी कभी मेरो दिल मा पनि एउटा खयाल आको छ
शहर को हावा मा सीमेन्ट बढेर, मुटु पत्थर को भाको छ
बच्चा लाई नसोध्ने गर, पछि के बन्नु छ
ठुलो भई दिन्छ जवाब, मलाई बच्चा नै हुनु छ
चोर डाँका लाई कद्र गर्ने समय बेला आको छ
संसद भवन गई हेर, को को साम्सद भाको छ
कोईली को मिठो भाका, पट्टु ले नि गाको छ
केटा ले फुल-पाइन्ट, केटी ले कट्टु लाको छ
सोंची सम्झी बोल्नु थियो, रिस ले मान्छे आगो छ
फाट्या भाग्य टाल्नु थियो, न सियो छ न धागो छ
आफु सज्जन अरु सबै दुष्ट भ्रष्ट भाको छ
सब ले आफ्नो घर को ऐना हेर्ने बेला आको छ
लामखुट्टे ले चुस्थ्यो रगत, सरकार ले चुस्ने भाको छ
ताली बजाई कम्मर भाँची नाच्ने बेला आको छ
