विचार!
मेरो विचार
तपाइंको विचार
तपाईं अनि मेरो विचार
उसको अनि तेस्को विचार
एक्लो विचार
हामी सबैको विचार
बिश्वाश बढाउने विचार
संस्कार जन्माउने विचार
भत्काउने र बिगार्ने विचार|
विचार गर्नुहोस त, विचार!
त्यो चुचो मिलेको ढुङ्गाले देउताको रुपलिन्छ|
हात्तिसुडे रुखको जरा भगवान भैदिन्छ|
माइको या गाइको गर्भ बिग्रेर
असाधारण बच्चा जन्मियोस
धुप बाति बालेर
अक्षता पाथी धुपौरो घुमाएर इस्थापना ग्रनुहोस
भोलिदेखि त्याँहा दर्सनर्थिहरुको
भिड भैदिन्छ|
गर्नुहोस त विचार!
निर्दोष, लाचार त्यो कुरुप बुडी आइमाई
बोक्सी भैदिन्छ|
जाँड खाएर सधै बौलाउने जगल्टे दाई चै
बनझाक्री भैदिन्छ|
जोखाना पनि छेत छेती खुट्छ
रातो भाले काटिन्छ
बिरामी निको पार्छ
एड्सको के कुरा?
इबोला समेत निको पार्छ|
तर,
एकहप्ता दस दिनमा बिरामी जस्ताको तेस्तै…
पछि, अकालमै मर्छ|
गर्नुहोस विचार, गर्नुहोस…!
सोह्रबैशे त्यो अपाङ्ग तिरस्कृत केटि पनि
कामुक भैदिन्छ|
घरमा भएकि जवान श्रीमती चाहिं
काम लाग्दै नलाग्ने खोष्टा भैदिन्छ|
विचारहरुले जन्माएको इच्छालाई
लागाम दिन नसक्नेहरु,
चाहे ऊ अनपड होस या पडालेखा मूर्ख
ऊनीहरुका लागि
को आफ्नो को बिरानो?
को नाबालिका?
को बृद्धा?
ताक परे, चारखुट्टे पनि भ्याईदिन्छ|
आखिर विचार न हो….,
राम्रो विचार राखेर सबैलाई एकनासले हेरे
सबै समान भैदिन्छ|
विचारले इच्छालाई नियन्त्रणमा राख्नसक्नेलाई
अरुको दिदी बहिनि आफ्नै भैदिन्छ|
नाबालिकाहरु प्यारा भैदिन्छन् |
बृद्धहरु आदर्श र सम्मानका पात्र भैदिन्छन्|
वास्तवमा,
संसारै आफ्नो भैदिन्छ||
