कठोर मुटु लाई आँशु ले छुँदैन
मान्छे रुवाउने को बुद्धि हुँदैन
अर्का लाई मार्ने लाई परभक्षि भनिन्छ
मान्छे मार्ने लाई नरभक्षि भनिन्छ
संकुचित बिचार मा खुलापन हुँदैन
नखोली बोल्ने को बिश्वास हुँदैन
कुरा पचाउनु लाई रणनीती भनिन्छ
लाज पचाउनु लाई राजनिति भनिन्छ
हर ज्वाला को रूप आगो हुँदैन
राप त हुन्छ तर तातो हुँदैन
बिना आवाज को हल्ला लाई अशान्ति भनिन्छ
बिचार को बिस्फोट लाई क्रान्ति भनिन्छ
