Skip to content

यो जिन्दगानी उनको प्यार उनको!


हाँस्दामा देखिने दन्ते लहर उनको,
यो नयनलाई लाग्यो नजर उनको!

सुन्छौ साथी भन्दिछु सिधा सिधा!
आज भए मेरा पुरा रहर उनको,

नसोध मलाई फगत यात्री न हु म!
यो रौनक उनको शहर उनको!

हराउछु यसरी गहिराईमा डुबेर,
सारा याद उनको प्रहर उनको!

रानी बिना राजा हुन्छ र कहाँ?
म त माली हु हो घर उनको!

मेरो लीला उनको पीडा उनको,
जिन्दगानी उनको प्यार उनको!

Leave a Reply

Your email address will not be published. Required fields are marked *