Skip to content


जहाँ कै होस न हृदय खोली, माटो बोल्छ फूलकै बोली
बुझौ न, अन्तरमनले बुझौ, बालबालिका हाम्रा भोलि
चिमोटे झन दुख्छ बाबै, कलिला छन फूल
संसार बाझो हुन्छ मरे नहुर्कदै फूल
आऊ यिनको रक्षा निम्ति गरौ न कबुल आऊ
हातेमालो गरौं आवाज उठाऊँ

संसारको बगैचामा फूल छन अनेक
हाम्रा निम्ति फरक छैनन कोही
सबै प्यारा, सब नै एक
आऊ यिनको सुगन्ध फिजाऊ
हातेमालो गरौ आवाज उठाऊँ

बालक माथि नथोपरौ, कहिले पनि डर त्रास
साहसले उठोस उसको शीर
विश्वासिलो होस हर सास
आऊ यिनलाई मायाले स्याहारौ
हातेमालो गरौ आवाज उठाऊँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *