मैले आफ्नै निर्णयमा चुक्नु पर्छ भने
काटी दिनुस् मेरो शिर झुक्नु पर्छ भने
पच्ने मात्र खानुहओस महोदय तपाईं
नखानुहोस् डकार मार्दै थुक्नु पर्छ भने
अलिकति लजाउनुहोस् गोर्खाली हुँ भन्न
डटी लड्ने वैरी सामु लुक्नु पर्छ भने
आफ्नै घर जलाए भो क्रान्तिकारी मित्र
बिद्रोहको आगो फेरि फुक्नु पर्छ भने
आफै पुच्छर गाँसेहुन्छ नेता ज्युले अब
बिदेशीको ईशारामा भुक्नु पर्छ भने
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
हाल-साउदी अरब
