Skip to content

हिजो तिमीलाई उपहार दिँदा लागेको ऋण,
आज मात्र तिरेँ ।
भोली फेरी डेटिङ्ग?
भोलीको ऋण कहिले चुक्ता गर्ने ?

आज दिन भरी सोचिरहेँ एकान्तमा,
डेटिङ्गको बिषयलाई लिएर,
मनको कुनामा लुकाएर तिमीलाई।
खोई किन हो तिमी त बोलिनौ,
ऐकोहोरो बोलिरहेँ म मात्र
के तिमी मलाई माया गर्दिनौ र ?

हिजो राती सपनिमा डेटिङ्ग गा’को तिमी र म
एकान्त सुन्दर रमणिय बगैँचामा ।
पैसाको कौडी थिएन मसँग
प्रेमसँग सापटी मागेर झरेँ दोबाटो तिर ।
के त्यो सापटी तिर्ने सपनी फेरि आउँछ ?

पिरती तैयारी चाउचाउ जस्तै रे,
थाहा छेन वाईवाई हो कि मायोज
किन्यो, खोल्यो, खायो,
के यस्तै हो माया ?
चाउचाउको त मुल्य छ
के मायाको मुल्य छेन र ?

यदि छ भने भन्न मन लाग्यो
मेरो माया बिक्रीमा ।।

२०६३ जेठको पुरानो डायरीबाट साभार

हाल : ईनरुवा सुनसरी
२०७१/०१/२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *