हिजो आज जिन्दगीले धोका दिन थालेको छ
माया गर्छु भन्ने मान्छे टाडा भाग्न थालेको छ
हिजो सम्म तिमी नै हौ संसार मेरो भन्ने मान्छे
आज तिमी विना एक्लै बाँच्छु भन्न थालेको छ
मलाई एक्लै कैल्यै पनि छोडी नजाउ भन्ने मान्छे
मरेको दिन मासु भात खान्छु भन्न थालेको छ
मेरो लागि संसारको सारा खुसी त्याग्ने मान्छे
तिमी संग खुसी हुन्न भन्दै भाग्न थालेको छ
मारे पाप पाले पुण्य भन्दै अंगालेको मान्छे
जिन्दगीलाई छोडी देउ भन्दै रुन थालेको छ
हिजो आज जिन्दगीले धोका दिन थालेको छ
माया गर्छु भन्ने मान्छे टाडा भाग्न थालेको छ
