Skip to content

फगत मेरो प्रश्न तिम्रो लागि


तिमी
मन खोलेर माया गर्ने मान्छे

मन खोलेर माया गर्ने मान्छे
म नबोलेरै तिमीलाई माया गर्छु
तिमी नबोलेरै मलाई माया गर्छौ
मनमा मायाको पोको संगालेर
एक्लै जंधार तर्छु भन्ने आटिली तिमी
मनमा चाहनाको डङ्गुर थुपारी
एक्लै पाइला सार्छु भन्ने साहसी तिमी
मुटुमा वेदनाको दर्दहरू लुकाएर
ओठमा हासो देखाउन पछि नपर्ने तिमी
सपना म पनि देख्छु तिमी जस्तै
चाहना मेरो पनि छ तिम्रो जस्तै
तिमी चाहनालाई कुल्चिएर हिड्न सक्छौ
तिमी बाध्यतालाई अंगालेर हिड्न सक्छौ
म चाहनालाई अंगालेर
बाध्यताबाट छुटकारा पाउन खोज्ने मान्छे
हामी एक भएर पनि नदीका दुई किनार जस्तै
हामी साथ भएर पनि हजारौं माईल टाढा भए जस्तै
चाहनासँग बाध्यताको लडाइँ लड्दा लड्दै
साहसीहरू युद्धमा पराजीत हुन्नन् भन्ने मान्तालाई
पराजीत गरेर कतै हामी शहिद त हुने छैनौ ?
रहरको जिन्दगी बाँच्ने बाटोमा अनवरत हिड्दा हिड्दै
माया गर्नेहरू अमर हुन्छन् भन्ने विश्वासलाई
विश्वास घात गरेर कतै हामी मृत्यू शैयामा पुग्ने त होइनौं
चाहनाको मिठो भोलिको कल्पना गर्दा गर्दै
देखेको कुरा पाइन्न लेखेको मात्र पाइन्छ भन्ने आख्यानलाई
प्रमाणित गरेर ज्यूदो लास बनेर बाँच्ने त होइनौं
फगत मेरो प्रश्न तिम्रो लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *